Logo

८ साउन,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भएका कर्मचारीको व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्रअनुसार गर्न सबै स्थानीय तहलाई निर्देशन गरेको छ।

मन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाउँदै सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्रअनुसार समायोजन भएका स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्न भनेको हो।

केही स्थानीय तहहरूले समायोजन ऐन २०७५ र कर्मचारी समायोजन मिलनसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलनासम्बन्धी व्यवस्था २०७७ बमोजिम समायोजन तथा समायोजन मिलन भई रहेका स्वास्थ्यकर्मीलाई फिर्ता नगर्नसमेत मन्त्रालयले भनेको छ।

मन्त्रालयले यसअघि कर्मचारी समायोजनपश्चात् स्थानीय तहहरुको दोहोरो सहमतिका आधारमा काम काजमा खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा १ साउनदेखि लागू हुने गरी काज फिर्ता गर्ने निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको थियो।


सम्बन्धित समाचार