Logo

८ साउन वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट १९ राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमार रहेका छन ।

आईतबार राति वीरगंज महानगरपालिका–८ भानुचोकमा बसपार्कबाट खटेको प्रहरीले मुरारीलाई चेकजाँच गर्दा उनी भागेका थिए ।भागेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रभु अस्पताल नजिकैबाट पक्राउ गरेको थियो ।

मुरारीले बोकेको झोलाबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोली बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।  बसपार्कमा सामान चेकजाँच गर्नेक्रममा उहाँ भाग्नु भएको थियो त्यही क्रममा पक्राउ गर्दा गोली भेटिएको हो,उनले भने ।’पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार