Logo

८ साउन,बारा । बारामा नेपाली काग्रेसका बाराका सचिव भईया राम यादब र एकिकृत समाजवादी बाराका उप सचिव धु्रब यादब प्रहरीबाट कुटिएको घट्नाको छानबिन गर्न पाँच सदस्सीय छानबिन समिती गठन भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले पाँच सदस्यिय छानविन समिति गठन गरेको जनाईएको छ । प्रहरी वरिष्ठ उपरीक्षक प्रविण पोख्रेलको संयोजकत्वमा प्रहरी निरीक्षक सन्जिव योन्जन, बरिष्ट प्रहरी नायब निरिक्षक सन्जिब साह, प्रहरी सहायक हवल्दार बिबेकानन्द झा र प्रहरी जवान सपना राज कोईराला रहनुभएको छ ।

बारामा एक हप्ता देखि दैनिक रुपमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरिक्षक रुपेश साहलाई कार्बाहीको माग राख्दै आन्दोलन भईरहेको छ ।

नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव धु्रव यादवलाई छलफलकै क्रममा गाली गलौज र कुटपिट पछि भैयाराम यादब अहिलेपनि उपचारमै छन । कुटपिटबाट घाईते बनेका यादबको स्वास्थ्य अबस्था जटिल बन्दै गएको छ ।

स्वास्थ्य अबस्था जटिल बनेपछि यादबलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भईरहेको यादबका आफन्तले जनाएका छन । आरोपित प्रहरीहरुलाई मधेश प्रदेश प्रहरी कार्यालय तानिएको छ । पाँच दलले आन्दोलन गर्दै आएकोमा उनीहरुले दुवै प्रहरीलाई निलम्बनको माग राख्दै आएका छन ।


सम्बन्धित समाचार