Logo

९ साउन,चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् ।

उनले भने, “पहिरो पन्छाउने क्रम सुरु गरिएको छ। पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन ।”


सम्बन्धित समाचार