Logo

९ साउन,सप्तरी ।सप्तरीमा सामूहिक बलात्कारका घटना एकपछि अर्को गरी बाहिरिएका छन् । गत असार २९ गते नाबालिकालाई डर धम्की देखाइ सामूहिक बलात्कार गरेको एक हप्तापछि फेरि शनिवार एक जना महिलामाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको हो ।

शनिवार जिल्लाको शम्भुनाथ नगरपालिका–५ की एक ३५ वर्षीय महिलालाई डर धम्की देखाइ तीन जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार पीडितले लिखित जाहेरी दिएपछि उक्त घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई तत्कालै नियन्त्रणमा लिइएको छ ।

जबरजस्ती करणीको आरोप लागेका तीनै जना शम्भुनाथ नगरपालिका–५ मोहनपुरका बासिन्दा हुन् । पक्राउ पर्नेहरूमा २६ वर्षीय शिव कुमार सदा, ३२ वर्षीय श्रीनारायण सदा र ४५ वर्षीय उमेश सदा रहेका छन् । उनीहरूलाई प्रहरी चौकी कठौनाको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरू विरुद्ध जबरजस्ती करणी कसुरमा अनुसन्धान प्रक्रियाका लागि जिल्ला अदालत सप्तरीबाट ५ दिनको म्याद थप लिइएको प्रहरीले बताएको छ । असार २८ गते डर धम्की देखाइ चार जना पुरुषले कञ्चनरूप – १२ धरमपुरकी १७ वर्षीय नाबालिगकालाई अपहरण गरी बलात्कार गरेको सार्वजनिक भएको थियो ।

सो घटनामा कैलाश पोखरेल, दीपेश सुवेदी, सुदीप भुजेल र मनोज विश्वकर्मालाई इलाका प्रहरी कार्यालय ठेलियाले नियन्त्रणमा लिएको थियो ।


सम्बन्धित समाचार