Logo

१० साउन, वीरगञ्ज । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक २९ वर्षीय वसन्त साहको ज्यान गएको छ ।

फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा बाग्मती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँ राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत हुनुहुन्थ्यो । हिजो कार्यालयको काम सकेर घर फर्किँदै गर्दा उहाँ दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार