Logo

७ साउन,ठोरी । नेपाली काङ्ग्रेसले ठोरी गाउँपालिकामा वृक्षारोपण गरेको छ । ४१औं विपी स्मृति दिवसको सप्तहाब्यापी कार्यक्रम अन्तर्गत आज ठोरी ४ निर्मलबस्तीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा बृक्षारोपण गरेको हो ।

नेपाली काङ्ग्रेस ठोरी गाउँ कार्यसमितिको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रममा अशोक तथा अन्य विभिन्न प्रजातिका बिरुवाहरु लगाइएको काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काग्रेसका स्थानीय नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थक र विद्यालयका शिक्षकहरु पनि सहभागी थिए ।

बिपि स्मृति दिवसको अवसर पारेर भोलि सोही विद्यालयमा काङ्ग्रेसले माबि स्तरीय वक्तृत्वकला र आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्दैछ ।


सम्बन्धित समाचार