Logo

१० साउन,वीरगञ्ज । पर्सामा तीन वर्षको अवधिमा २० जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। आर्थिक वर्ष ०७७/७८ देखि गत आव ०७९/८० सम्ममा २० जनाले नेपाली नागरिकता परित्याग गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको वार्षिक विवरणअनुसार सबैभन्दा बढी आर्थिक वर्ष ०७८/७९ मा १२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। यस्तै, गत आर्थिक वर्षमा पर्सा जिल्लाका ६ जनाले नागरिकता परित्याग गरेका छन्। यस्तै, आव ०७७÷७८ मा दुई जनाले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार