Logo

१० साउन,वीरगञ्ज । काठमाडौँको ठमेलस्थित एलओडीका सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको छ । बालबालिकासम्बन्धी कसुरमा सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

जेठ ३० मा १५ वर्षीया बालिकालाई क्लव प्रवेशमा अनुमति दिएको आरोपमा पक्राउ परेका सो क्लबका सञ्चालकहरू राजुसिंह सुवाल र रुदिल बल्लभ श्रेष्ठलाई सरकारी वकिलले यसअघि नै ‘जिम्मा जमानी’ मा छाड्न निर्देशन दिएको थियो ।

क्लबका म्यानेजर सहदेव सेढाईंसहित ३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताए ।क्लबको काउन्टरमा कार्यरत सपना ढुङ्गाना र अर्का एकजना कर्मचारीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार