Logo

१० साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके वर्तमान सरकारको दिनगन्ती सुरु हुने बताएका छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्कर्षमा पर्‍याउन नसकेको अवस्थामा सुन प्रकरणलाई निष्कर्षमा पुराउन नसके सरकारको दिनगन्ती सुरु हुने बताएका हुन् ।

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले गरेको प्रयासलाइ रास्वापाले गरेको समर्थन फाइदाका रुपमा नलिन समेत सुझाव दिए । लामिछानेले सुन तस्करी सेटिङमा भइरहेको आरोप लगाउदै यस विषयमा गृहमन्त्रीले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे ।

उनले सुन प्रकरणमा कर्मचारीहरुमाथि अनुसन्धान गर्नुपर्नेमा सरुवा मात्र गरेको भन्दै आपत्ती जनाए ।


सम्बन्धित समाचार