Logo

१० साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १६ नगवाको नयाँ बस्तीमा आज डोजर चलाईएको छ । बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचनामा महानगरले डोजर चलाएको हो । स्थानीय रमुना सहनी मलाहले सार्वजनिक सडक अतिक्रमण गरि निर्माण गरेको पर्खाल महानगरले डोजर लगाएर हटाएको छ ।

आफूले निर्माण गरेको संरचना नहटाउन माग गर्दै अदालत पुगेका सहनीलाई अदालतले उनको विपक्षमा आदेश जारी गरेसँगै अतिक्रमणमाथि महानगरले डोजर लगाएर भत्काएको हो । जग्गा अतिक्रमित गर्दै बनाइएको संरचना हटाइएपछि अहिले सडक पनि फराकिलो भएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिनुभयो ।

अहिले वीरगञ्ज महानगरको ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने काम तिब्र रुपमा अघि बढाइएको छ ।


सम्बन्धित समाचार