Logo

१० साउन,वीरगञ्ज । खानेपानीको समस्या समाधान गर्न नेपाली काग्रेंस पर्साले आज वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह तथा उपप्रमुख इम्तियाज आलमलाई ज्ञापन पत्र बुझाएको छ । कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीको नेतृत्वमा गएका टोलीले आज वीरगञ्ज महानगरपालिकाको कार्यलयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

वीरगञ्जका अधिकांश स्थानहरुमा खानेपानीको हाहाकार मच्चिएपछि यसको समाधान गरिदिन ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ । लामो समयको खडेरीले पर्साका अधिकांश चापाकलहरु सुक्न थालेपछि पिउने पानीको समस्या भएको भन्दै महानगरपालिकाले तत्काल योजना बनाई खानेपानीको समस्या समाधान गर्न काग्रेंस पर्साले ज्ञापन पत्र मार्फत माग गरेको छ ।

अहिले पर्सामा पानीको हाहाकार भएसँगै स्थानिय छिमेकमा बाल्टिन, बोतल लिएर पानी खोज्न बाध्य भएका छन् । पानीको समस्या समाधानका लागि महानगरले प्रत्येक वडा तथा चोकमा खानेपानीको धारा जडान गर्नुपर्ने, खानेपानी सस्थांनद्वारा पानी वितरणका लागि व्यवस्था गर्नुपर्ने, वडाहरुमा रहेका इनारलाई सफा गराउन लगायतका कुराहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै खानेपानीको पाइप विस्तार गर्न, दिप बोरिङको योजना तयार पारी सोको विस्तार गर्न र प्रत्येक वडाहरुमा वृक्षारोपण गर्ने जस्ता कार्यहरु गर्न काग्रेस पर्साले ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ ।


सम्बन्धित समाचार