Logo

११ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवामा एक भारतिय नागरिकको शब फेला परेको छ । भारत बिहार राज्य रक्सौलको थाना रोड बस्ने ४३ वर्षीय अनिल कुमार खेतानको शब फेला परेको हो ।

खेतानको शब आज बिहान ८ बजेको समयमा नगवास्थित माइदिया पोखरीको किनारमा पानीमै तैरिरहेको अवस्थामा फेला परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

खेतान वीरगञ्जमा व्यापार व्यावसाय सञ्चालन गर्दै आइरहेका थिए । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

 


सम्बन्धित समाचार