Logo

११ साउन,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि समूहलाई संघीय निजामती सेवा ऐनमा समेट्ने कोसिस भइरहेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बन्दै गरेको संघीय निजामती सेवा ऐनमा आईटीलाई अलग समूहको रुपमा समेट्ने कोसिस भइरहेको बताउनुभएको हो ।

‘ सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई अहिलेको परम्परागत ढंगको निजामती सेवाभित्र बाँधेर राख्न नहुने भनेर हाइब्रिड मोडेलको वर्क आउट गरिरहेको उहाँको भनाइ छ ।

‘ सूचना प्रविधिको क्षेत्रलाई सदुपयोग गर्दै आर्थिक सुशासन कायम राख्न पनि यो आवश्यक रहेको उहाँको भनाइ छ । अबको लडाइँ डाटाको सुरक्षा भएको भन्दै उहाँले साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको र छिट्टै जारी हुने उल्लेख गर्नुभयो ।


सम्बन्धित समाचार