Logo

११ साउन, वीरगञ्ज । पर्सामा एक बर्षको अवधिमा आत्महत्या गरेर मृत्यु हुनेको संख्या ११६ पुगेको छ । आत्महत्या गर्नेमा किशोर किशोरी र बालवालिकाको संख्या अधिक रहेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यलय पर्सामा गत आर्थिक वर्ष ०७९/८० मा दुई सय ४ वटा मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्षमा बिष सेवन गरि, करेन्ट लागेर, झुण्डिएर आत्महत्या, भवितव्य ज्यान र फुटकर ज्यान मुद्दाका १ सय १६ जना पुरुष, ४८ महिला, ३३ बालिका र ८ जना बालक गरि २ सय ४ वटा मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यलय पर्साले दिएको तथ्याङक अनुसार सबैभन्दा बढि १ सय ४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै ७ पुरुष, ४ महिला र १ बालिका गरि १२ जनाले बिष सेवन गरि आत्महत्या गरेका छन् । यसैगरि भवितब्य ज्यान ८१, फुटकर ज्यान ६ र करेन्ट लागेर १ जनाले ज्यान गुमाएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार