Logo

११ साउन, वीरगञ्ज । मधेस प्रदेशमा पानी हाहाकार मच्चिएको छ । चापाकल, इनार लगायत पानीका मुहान सुक्न थालेपछि तराई मधेसका विभिन्न जिल्लामा अहिले पानीको हाहाकार मच्चिएको हो । पानीको समस्या समाधानका लागि सरकारले छलफल सुरु गरेको छ ।

तराई मधेसमा देखिएको पिउने पानीको समस्या र समाधानका उपायको विषयमा खानेपानी मन्त्री महेन्द्रराय यादवले मन्त्रालयमा छलफल गरिरहनुभएको छ । खानेपानी मन्त्री यादवले मन्त्रालयमा तराई मधेसका सांसद तथा अन्य सरोकारबालाहरुलाई राखेर छलफल गरिरहनुभएको हो ।

मधेस प्रदेशका आठ वटै जिल्लामा अहिले यो समस्या देखिएको छ । महेन्द्रराजमार्ग तल तथा त्यस वरपर पानीको अत्याधिक हाहाकार भएको छ । पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरीका कतिपय ठाउँमा ट्याङ्कीबाट पानी वितरण गर्ने कार्य समेत सुरु गरिएको छ । स्थानीयहरु पानीको विकल्प खोजी रहेका छन् ।

पुराना इनार तथा कुवालाई सफा गरिरहेका छन् । पोखरी तथा तलाउलाई पनि प्रयोगमा ल्याउने गरी सरसफाइ सुरु गरिरहेको बताइएको छ । स्थानीय तहले सबै कुरा सम्भव नभएकाले तराई मधेसका नेताहरुले सरकारलाई गुहारेका छन् । एक साताअघि खानेपानी मन्त्री यादव र जसपाका नेता एवं पर्साका सांसद प्रदीप यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर तराई मधेसमा देखिएको पानीको हाहाकारको बारेमा ध्यानाकर्षण गराएका थिए ।


सम्बन्धित समाचार