Logo

११ साउन, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशमा भदौमा गरिने भएको छ । रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ ।

गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ ।शुक्रबार र शनिबार ९ साउन १२ र १३० हेटौडामा गर्ने भनिएको प्रशिक्षणको मिति स्थगित गरिएको छ ।

बागमती सहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरि पुन मिति तय हुने प्रशिक्षण विभागका सचिव कमल सुवेदीले जानकारी दिए । पहिले निर्धारित समय अनुसार भदौ १ र २ मधेस र भदौ ८ र ९ कर्णालीको प्रशिक्षण गर्ने तय भएको थियो । तिन प्रदेशको प्रशिक्षण भदौमा गर्ने गरि अर्को मिति सार्वजनिक गरिने सुवेदीले जानकारी दिए ।

प्रशिक्षणमा सहभागी हुनेहरुमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत सहभागी हुनेछन् । प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमा सभापति रवि लामिछाने सहित शीर्ष नेताले प्रशिक्षण दिनेछन् । प्रशिक्षकको टोलीमा ११ जना रहेको प्रशिक्षण विभागका सचिव सुवेदीले जानकारी दिए ।


सम्बन्धित समाचार