Logo

११ साउन, वीरगञ्ज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिनुभएको छ ।

भेटघाट तथा विभिन्न कार्यक्रमका लागि आज महोत्तरी पुग्नुभएका गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत निर्देशन दिनुभएको हो । नेपाल–भारत सीमामा हुने सामान ओसारपसारमा राज्यलाई नोक्सान पु¥याउने वा अवैध ओसारपसार गर्ने कामलाई कडाईका साथ नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन छ ।

साथै उहाँले जनताको दैनिक आवश्यकता र व्यापारीक उद्देश्य के हो त्यसको फरक छुट्याएर कार्य गर्न आग्रह गर्नुभएको छ ।


सम्बन्धित समाचार