Logo

११ साउन,सेढवा । पर्साको स्थानीय तहले सामूदायिक बिद्यालयमा बर्षे (गर्मी) फरक फरक समयका लागि तोकेको छ । जसका कारण सामूदायिक बिद्यालयमा बर्षे बिदा तथा अन्य क्रियाकलाप संचालनमा फरक देखिएको छ । नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले प्रत्येक शैक्षिक सत्रमा बर्षे बिदाको शिर्षकमा ४५ दिन बिदा तोकेको छ ।

पर्साको जिराभवानी गाँउपालिकाले आसार मसान्तभित्र प्रथम त्रैमासिक परिक्षा सम्पन्न गरी साउन १ गतेदेखि २० दिनका लागि बर्षे बिदा दिएको छ । त्यस्तै जगरनाथपुर गाँउपालिकाले साउन २ गतेदेखि लागू हुने गरी सामूदायिक बिद्यालयमा बिदा दिएको सूचना प्रकाशित गरेको छ ।

जगरनाथपुर गाँउपालिकाका सम्पूर्ण सामूदायिक बिद्यालय साउन २४ गते बिहान १०ः०० बजे देखि पुनः विद्यालय संचालन हुने जनाईएको छ । यस्तै छिपहरमाई गाँउपालिकाले साउन ७ गतेदेखि बर्षे बिदा दिएको छ । ठोरी गाउँपालिकामा अहिले प्रथम त्रैमासिक परिक्षा संचालन भइरहेको र साउन १२ गते शुक्रबार कक्षा संचालन गरी १५ दिनका लागि बिदा दिइने बताईएको छ । यता पटेर्वासुगौली गाँउपालिकाले साउन ८ गतेदेखि बर्षे बिदा दिएको शिक्षा शाखा प्रमुख शोलेन्द्र पंजियारले जानकारी दिनुभयो ।

भदौ ३ गतेदेखि बिद्यालयमा पूनः पठनपाठन संचालन हुने प्रमुख पंजियारले बताउनुभयो । यसैगरि सखुवाप्रसौनी गाँउपालिकाले साउन ९ गतेदेखि बर्षे बिदा दिईसकेको छ । उक्त गाँउपालिकाले सामुदायिक बिद्यालय साउन २८ गतेदेखि संचालनमा आउने बताएको छ । उता पर्सागढी नगरपालिकाका सामूदायिक बिद्यालयमा भने बर्षे बिदा दिईएको छैन । बिहिवारसम्म परिक्षा संचालन भएको र भोली शुक्रवार बैठक बसी बिदा सम्बन्धि सूचना जारी गर्ने बताईएको छ ।


सम्बन्धित समाचार