Logo

१२ साउन, सप्तरी । सप्तरीमा धारिलो हतियारको प्रहारबाट एक जना युवकको हत्या भएको छ । आज बिहान साढे ६ बजे हनुमाननगर कंकालिनी नगरपालिका १० इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको अनुमान गरिएको छ ।हत्या भएका मण्डलका साथी हनुमाननगर कंकालिनी ११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली खटाएर अनुसन्धान अगाडी बढाइएको छ ।


सम्बन्धित समाचार