Logo

१२ साउन, काठमाडौं । फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा यात्रुवाहक डुंगा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु भएको छ । ४० जनाको सकुशल उद्धार गरिएको छ । बिहीबार उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि दुर्घटना भएको हो ।

उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको सिन्ह्वाले जनाएको छ। अझै केही मानिस हराइरहेको बताइएको छ । सात हजारभन्दा बढी टापुको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूल्ठूला दुर्घटना हुने गरेका छन ।

माछा मार्न वा मानिसलाई एक सानो टापुबाट अर्को टापुमा सार्न काठका डुंगा प्रयोग गरिने गरेको छ। प्रत्येक वर्ष समुद्रमा हुने दुर्घटनामा धेरै व्यक्तिको मृत्यु हुने गर्छ ।

 


सम्बन्धित समाचार