Logo

१२ साउन, वीरगञ्ज । भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा अनेरास्ववियु क्रान्तिकारीले पर्सामा हस्ताक्षर संकलन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई पठाएको छ । अखिल क्रान्तिकारी पर्सा र वीरगंज महानगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा भ्रष्टाचार विरुद्धको नागरिक हस्ताक्षर संकलन गरेको हो ।

अखिल क्रान्किारी पर्सा जिल्ला अध्यक्ष कबिराज पटेलको अध्यक्षता तथा केन्द्रिय सचिव प्रभाकर गुप्ताको प्रमुख आतिथ्यतामा हस्ताक्षर संकलन गरिएको थियो । कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल लगायतले पनि भ्रष्टाचारको विरुद्धमा हस्ताक्षर गर्नुभएको छ ।

अभियानमा अखिल क्रान्किारीका विदेश विभाग उपप्रमुख तथा पर्सा जिल्ला इञ्चार्ज शिवम साह, प्रदेश सचिव बीबेक साह, गायत्री सिंह, जिल्ला सह–सचिव धर्मेन्द्र पटेल, वाईसियल पर्सा इञ्चार्ज सन्तोष पटेल, अध्यक्ष दीपेन्द्र पटेल,ठाकुरराम क्यामपस इकाई अध्यक्ष अनिस पटेल, महानगर उपाध्यक्ष रामबाबू मण्डल, बहुदरमाई पालिका अध्यक्ष रबिंद्र रौनियार, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य जगत राई संचारकर्मी संजय साह लगायतले पनि हस्ताक्षर अभियानको समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

संकलन गरिएको हस्ताक्षर पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाईएको अखिल क्रान्तिकारीका मधेस प्रदेश सचिव विवेक साहले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार