Logo

१२ साउन,सेढवा । पर्साको जिराभवानी गाँउपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ सालको वार्षिक बजेट सार्वजनिक गरेको छ । वडा नं ३ मा रहेका जितपुर बिवाह मण्डपमा आयोजित १२ औ गाँउ सभाबाट चालु आर्थिक वर्षमा ०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनीकिकरण कार्यक्रममा पालिकाले ३० करोड ३१ लाख ४८हजार रुपैयाको बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा चालु आवको प्रस्तावित आम्दानीमा ३० करोड ३१ लाख ४८ हजार रुपैँया रहेको छ ।

जसमा नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा बित्तिय समानीकरण अन्तर्गत ९ करोड ४२ लाख, सशर्त चालू अन्तर्गत ११ करोड २४ लाख, सशर्त अनुदान तर्फ ९० लाख रुपैया अनुमानित आम्दानी रहेको छ । त्यस्तै बिशेष अनुदानमा १ करोड, समपूरक अनुदान ५० लाख, राजश्व बाडफाटमा ५ करोड ४५ लाख रुपैया अनुमानित आम्दानी रहेका छन ।

त्यस्तै चालू आर्थिक बर्षका लागि उपाध्यक्ष चौधरीले पूँजीगत खर्चतर्फ कृषि बिकास तथा पशु सेवा शिर्षकमा ५० लाख, शिक्षा क्षेत्र बिकासमा १ करोड १२ लाख, स्वास्थ्य क्षेत्र बिकासमा ५० लाख, मर्मत सम्भार कोषमा ५० लाख, समपुरक कोषमा ५० लाख रुपैया विनियोजन गरिएको छ । त्यस्तै भईपरी आउने पूँजीगत खर्चमा ४० लाख, गापाको प्रमुख सडक मर्मतमा ४० लाख, वडा स्तरीय योजनाहरु २ करोड रुपैँया बिनियोजन गरिएको छ ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा समपन्न कार्यक्रममा पालिकाका पाचै वटा वडाका एक÷एक जना उत्कृष्ट किसानहरुलाई सम्मान गरिएका थिए । त्यस्तै कार्यक्रममा पालिकाभित्र रहेका तीन वटै विद्यालयबाट एसईई परिक्षामा समुतिर्ण भएका बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा न्यू सनलाइट यूवा स्पोर्टस क्लब सुपौली र फूटबल संघ पर्साका सदस्य चक्रधारी चौधरी, गापाका उत्कृष्ट कर्मचारी, प्रधानाध्यापक, संचारकर्मी, सुरक्षा इकाईका प्रमुखहरु सम्मानित भएका छन् ।

 


सम्बन्धित समाचार