Logo

वीरगन्ज, १३ साउन । पारिश्रमिक वृद्धिको माग गर्दै वीरगन्जमा आज मजदुर संगठनहरुले दबाव र्‍याली निकालेको छ । प्रत्येक दुई दुई बर्षमा पारिश्रमिक वृद्धि गर्नुपर्ने व्यावस्था भएपनि अहिलेसम्म वृद्धि नगरेको भन्दै पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै दबाव र्‍याली निकालेको हो ।

नेपाल सरकारको प्रथम श्रेणी सरह पारिश्रमिक वृद्धि गर्न देशभरका १२ वटा टेड युनियन महासंघले संयुक्त रुपमा प्रधानमन्त्री र मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाईसकेको भएपनि अहिलेसम्म पारिश्रमिक वृद्धिको घोषणा नगरेपछि दबावका लागि ¥याली निकालिएको समग्र उद्योग ट्रेड युनियनकी सचिव गीता भण्डारीले जानकारी दिनुभयो ।

वीरगन्जको घण्टाघरबाट निकालिएको र्‍याली माईस्थान, लोहारपट्टी चोक, आदर्शनगर, घडिअर्वा हुदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । शनिबार दबाव र्‍याली  निकालेको मजदुर संगठनहरुले भोलीदेखि विभिन्न चरणको आन्दोलनको तालिका समेत सार्वजनिक गरेका छन् ।

साउन १४ गते भोली आ–आफ्नो युनियनमा बैठक बसी तयारी गर्ने, साउन २० गते आ–आफ्नो संगठनको प्रदेश स्तरीय भेला गरी परिचालन समिति गठन गर्ने, साउन २१ गतेदेखि २६ गतेसम्म आ–आफ्नो टे«ड युनियन मार्फत उद्योगलाई तलब वृद्धि गर्ने माग सहितको दबाव पत्र दिने, दबाव पत्र प्रत्येक उद्योगले श्रम मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पठाउने तालिका सार्वजनिक गरेको छ ।

त्यस्तै साउन २७ गते प्रदेश स्तरीय परिचालन समितिको संयुक्त बैठक बस्ने, साउन २८ गतेखि ३२ गतेसम्म उद्योगमा नाराजुलुश, कोणसभा र कार्यालयमा धर्ना दिने कार्यक्रम गरिने र भदौ १ गतेदेखि अनिश्चितकालिन अवज्ञा आन्दोलन गर्ने आन्दोलनको तालिका रहेको मजुर संगठनहरुले जनाएका छन् ।


सम्बन्धित समाचार