Logo

फाइल तस्बिर

१३ साउन,पर्सागढि । पर्साको उत्तरीभेगमा गएराती यसवर्षकै ठूलो वर्षा भएपछि किसान खुसी भएका छन् । लामो समयको खडेरीका कारण पानी नपर्दा ब्याकुल भएका किसान गएराती भएको भारी बर्षाका कारण किसान हर्षित भएका हुन् ।

धान रोपेर सकेका किसानले सिचाँई गरि पहिलो चरणको युरिया मल छर्ने समयमा वर्षा भएकोले उनीहरु खुसी भएका छन् । साथै आकाशे पानीको भरमा बसेर हालसम्म रोपाइँ गर्न नपाएका किसानले अब पहिलो चरणको युरिया रासायनिक मल छर्ने पर्सागढीका किसान सम्भु दास थारुले जानकारी दिनुभयो ।

उहाँका अनुसार धान रोपाइँ नगरेका किसान रोपाइ सुरु गर्नेछन् । यस्तै पर्सागढि नगरपालिका– ३ का किसान रामचन्द्र दासले अत्याधिक गर्मी र वर्षा नहुँदा विभिन्न तरकारी बाली लगाउदा पनि हुर्किन नसकेको भएपनि गएराती परेको पानीका कारण राहत पुगेको बताउनुभयो ।

समयमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएका किसान वर्षा भएसँगै आज बिहानै देखि रोपाईको तयारीमा जुटेका छन् ।


सम्बन्धित समाचार