Logo

१३ साउन,वीरगञ्ज । सघिंय सरकारका युवा तथा खेलकुद बिकास मन्त्री डिगबहादुर लिम्बुले वीरगञ्जस्थित नारायणी रंगशालाको अवलोकन तथा निरिक्षण गर्नुभएको छ ।

रंगशालाको अवलोकन गर्दै मन्त्री लिम्बुले राजनीतिक अस्थितरताका कारण मर्मत सम्भारमा ध्यान नपुगेको बताउनुभएको छ । उहाँले देशमा राजनीतिक स्थिरता कायम भए मात्र अर्थतन्त्रमा सुधार आई रंगशालाको मर्मत सम्भार हुने उल्लेख गर्नुभयो ।

मन्त्री लिम्बुले स्थानिय समुदाय, जनप्रतिनिधि र स्थानिय सरकारलाई रगंशालाको बढोत्तरी र सुधारका लागी सबैले मिलेर हातेमालो गर्न आग्रह गर्नुभएको छ ।

०८३ सालमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा गर्ने तयारीका लागि रंगशालाको अवलोकन तथा निरीक्षणका लागि आएको मन्त्री लिम्बुको भनाइ छ । उपत्यकास्थित दशरथ रंगशाला पछि दोस्रो ठुलो रगंशालाको रुपमा नारायणी रंगशालालाई लिइन्छ । जुन विगत लामो समयदेखि जिर्ण अवस्थामा अलपत्र बनेको छ ।


सम्बन्धित समाचार