Logo

१३ साउन,सेढवा । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ मा सुहपुर सोहरीस्थित भहुवाही खोलाको छेउमा वृक्षारोपण गरिएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालको प्रमुख आथ्यितामा आयोजित वृक्षारोपण कार्यक्रममा अमला, जामुन, आँप, जडिबुटि, जंगली बिरुवा, भिलोर, बर्गज, बेल, पिपल, सगुवान, शिरीष, सपेता, बकैना, कदम, निम लगायत गरि ६ हजार प्रजातिका बिरुवा रोपिएको हो ।

कार्यक्रम जगरनाथपुर गाउँपालिकाको वन तथा वातावरण शाखाको सहयोगमा गठित सुहपुर सोहरी हरियाली वन व्यवस्थापन समुहले आयोजना गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले बताउनुभयो ।

सो अवसरमा प्रदेश सांसद शंकर प्रसाद चौधरी, गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वशिष्ट नारायण प्रसाद कुर्मी, वडा अध्यक्ष प्रभुनाथ प्रसाद नुनियाँ, बिहारी महतो, लक्ष्मी साह, सुभाष कुमार यादव, वडा सदस्य समूहका पदाधिकारी, सदस्य तथा स्थानियबासीन्दाको उपस्थिती थियो । डिभिजन वन कार्यलय पर्साले उक्त बिरुवाहरु उपलब्ध गराएको थियो ।


सम्बन्धित समाचार