Logo

१४ साउन,महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका वडा नं ५ खैरबनीको पोखरीमा डुबेर शनिबार दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोरईता नगरपालिका वडा ९ को महेश मलि डोमको ४ वर्षकी छोरी चञ्चला कुमारी मलि डोम र सितामाढीं रामनगर पन पाखर ग्रामको रामभजन मलि डोमको ५ वर्षकी छोरी अर्चना कुमारी मलि डोम रहेका छन् ।

दुवै जना पोखरीमा एकै पटक डुबेका र मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका ईन्र्चाज मनोज यादवले जानकारी दिए। अर्चना र चञ्चला दुबई आमाको साथमा मामा गाउँ खैरबनीमा गेरुका मेला हेर्न आएका थिए ।

दुवै बालिका १ बजेदेखि ४ बज्जेसम्म सम्पर्कविहीन भएपछि खोज तलास तीव्र गर्दा घरकै सामने रहेको रामविनय यादवको पोखरीमा नुहाउने क्रममा पानी मुनि हिलोमा फसेको अवस्थामा ५ बजे फेला परेका थिए । बालिकाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको ईलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज मनोज यादवले जानकारी दिए ।

 


सम्बन्धित समाचार