Logo

१५ साउन,काठमाडौ । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा एक जना प्रहरीसहित चार जनाको मृत्यु
भएको छ ।

पालघर रेलवे स्टेशन नजिकै जयपुर–मुम्बई एक्सप्रेसमा यात्रा गरिरहेका चार जनालाई रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली प्रहार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जयपुरबाट मुम्बईका लागि छुटेको रेलमा यस्तो घटना भएको हो । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । यात्रा गरिरहेका बेला रेलमा अचानक गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएका छन् ।


सम्बन्धित समाचार