Logo

१५ साउन,वीरगञ्ज । मधेश प्रदेश सरकारमा सोमबार दुई जना मन्त्री नियुक्त भएका छन् । नेपाली काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।

नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो ।

योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ । भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।

 


सम्बन्धित समाचार