Logo

१६ साउन,वीरगञ्ज । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराले वीरगञ्जमा पानी वितरण गर्न सुरु गरेको छ । मधेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंगासन साह कलवारको निर्देशनमा कार्यालयले वीरगञ्जका विभिन्न ८ स्थानमा ट्याङ्करमार्फत पानी वितरण गर्न सुरु गरेको हो ।

यस्तै वीरगञ्जका विभिन्न १२ स्थानमा २ हजार लिटरको ट्याङ्कीमार्फत पानी वितरण भइरहेको कार्यालय प्रमुख किशोरी प्रसाद यादवले जानकारी दिनुभयो । वीरगञ्जको राधेमाई, श्रीपुर, रानीघाट, पानीट्याङ्की, लक्षमणवा, डिभाईन क्लोनी, विर्ता बजार, गणेशमान चौक, नापी शाखा छपकैया लगायतका स्थानमा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ ।

आवश्यकताको आधारमा थप स्थानमा ट्याङ्कीबाट पानी वितरण गर्ने तयारी भइरहेको मन्त्री कलवारका स्वकिय सचिव सचिन कुमार सिंहले बताउनुभयो ।


सम्बन्धित समाचार