Logo

१७ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवामा एक जना युवकको शव फेला परेको छ । नगवाको नयाँ बस्ती बस्ने ३० वर्षीय नजिम मियाँको शब फेला परेको हो ।

नगवाको बाईपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फ सडक किनारामा युवकको शब फेला परेको ईलाका प्रहरी कार्यलय नगवाका प्रहरी नायब निरिक्षक दिपेन्द्र मल्लले जानकारी दिनुभयो । आज करिब पौने ८ बजे उक्त स्थानमा शब देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

मल्लका अनुसार मृतक नजिमले मादक पदार्थ सेवन गरेकोले लडेर मृत्यु भएको हो । मृतकको शब पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको मल्लले बताउनुभयो । मृतक नजिम तरकारी व्यापारी रहेको बताईएको छ ।


सम्बन्धित समाचार