Logo

१७ साउन, वीरगञ्ज । रक्सौलमा चार चक्के नेपाली नम्बर प्लेट भएको सवारी साधनको प्रवेशमा लगाइएको रोक हटाईएको छ । प्रतिनिधि सभा सदस्य प्रदिप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको विशेष पहलमा नेपाली नम्बर प्लेट भएको चार चक्के सवारी साधन रक्सौल प्रवेश गर्दा विशेष पास लिनुपर्ने भन्दै हिजोदेखि लागु गरिएको नियम आजै हटाइएको हो ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत शैलेन्द्र कुमारका अनुसार भारत कस्टममा रहेका कर्मचारीहरूको त्रुटिका कारण हिजो एक दिनका लागि सवारी प्रवेशमा समस्या भएपनि हाल त्यसलाई सच्चाइएको छ ।

नेपाली नम्बर प्लेट भएको सवारी रक्सौल बजार जाँदा कुनै प्रकारको रोकटोक नहुने तथा कुनै पास लिनु नपर्ने उहाँको भनाइ छ । रक्सौलमा रहेको भारतीय कस्टमका सुरक्षा अधिकारीहरूले नेपाली नम्बर प्लेटका सवारीलाई रक्सौल प्रवेश गर्दा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासबाट पास लिनुपर्ने बताएपछि अन्योलता सृजना भएको थियो । जस कारण नेपाली नागरिकले सास्ती झेल्नु परेको थियो । यो नियम हटाईएसँगै अहिले नेपालबाट रक्सौल तर्फ गएका चार चक्के सवारीसाधनले सहजै प्रवेश गर्न पाएका छन् ।


सम्बन्धित समाचार