Logo

१८ साउन, वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राख्नुभएको छ । पुनले वीरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राख्नुभएको बताईएको छ ।

उघमी आलोक आलोक सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा केन्द्रका अध्यक्ष पुनको अनुरोधमा उहाँका पाँच मेडल लिलामका लागि राखिएको बताउनुभयो । लिलामीबाट प्राप्त हुने सम्पुर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जाने र सो रकमलाई वीरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने पनि उहाँको भनाई छ ।

नेपाल सरकारले कृषि कारखानाको मर्मत सम्भार र मेसिनरी औजार थप गर्नका लागि पहिलो पटक अनुदान दिने भने पनि अहिले आएर ऋण दिने भनेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

 


सम्बन्धित समाचार