Logo

१८ साउन, वीरगञ्ज । पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिने निर्णय गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

लामो समयको खडेरीले पर्सामा खानेपानीको मुहानहरु सुक्दै जाँदा पानीको हाहाकार मच्चिएको र आकाशे पानीको भरमा बसेका किसानले पानी नपर्दा रोपाई समेत गर्न नपाएकाले यस क्षेत्रलाई सुख्खा ग्रस्त घोषणा गर्न सिफारिस गर्न निर्णय बैठकले गरेको हो ।

पर्सामा खानेपानीको अभाव भएको र लामो समयदेखि पर्याप्त मात्रामा वर्षा नहुँदा हालसम्म अधिकांश क्षेत्रमा रोपाई समेत नभएको र कतिपय स्थानमा रोपाई भएका खेतहरूसमेत सुक्न गई उत्पादन नहुने अवस्था सृजना भएकोले सर्वपक्षीय बैठकको सिफारिसको आधारमा पर्सा जिल्लालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद सोनारले जानकारी दिनुभयो ।

साथै पिउने पानीको समस्यालाई तत्काल र दीर्घकालीन रूपमा समाधान गर्न तीन तहकै सरकार समक्ष आग्रह गर्ने निर्णय भएको उहाँको स्वकीय सचिव हरिन्द्र साहले बताउनुभयो ।


सम्बन्धित समाचार