Logo

१८ साउन, वीरगञ्ज । वीरगञ्ज–पथलैया औधोगिक मार्गभित्र फुटपाथ अतिक्रमण गरेर बसेका बजार र अव्यवस्थित पार्किङ हटाइने भएको छ । पथलैयास्थित व्यापारिक मार्ग विस्तारित योजनाको कार्यालयमा सरोकारवाला निकायहरुबीच भएको छलफलमा व्यापारिक मार्गको ६ लेन र फुटपाथभित्र सञ्चालन भएको बजारलाई हटाउने निर्णय गरिएको हो ।

पथलैयादेखि परवानीपुर गण्डकसम्मको सडक क्षेत्रमा निर्माण भएका पूर्वाधार, बजारीकरण गर्न राखिएका सामाग्री र अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढेको र सडक पनि अस्तव्यस्त देखिएको छ । जीतपुर सिमरा उपमहानगरले आयोजना गरेको छलफलमा अवैध संरचना हटाउने नेतृत्व व्यापारिक मार्ग आयोजनाको कार्यालयले गर्ने र सो कार्यमा स्थानीय प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तराई यातायात व्यवसायी सङ्घ र नगर उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने निर्णय भएको छ ।

उद्योग कलकारखानाबाट निस्कने फोहोरजन्य पदार्थ, पानीलाई नालामा मिसाउने कार्य भइरहेको हुँदा उक्त कार्य रोक्ने, कोइला डिपोबाट निस्कने पदार्थ सडकमा छोड्ने र नालामा मिसाउने गरेको हुँदा त्यस्ता गतिविधिलाई समेत नियन्त्रण गर्ने, पथलैया–वीरगन्ज व्यापारिक मार्गलाई सफा र प्रदूषणमुक्त बनाउने निर्णय भएको छ ।

 


सम्बन्धित समाचार