Logo

१८ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा रहेका ओभरहेड खानेपानी ट्याँकी सञ्चालन गर्न सघिंय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले निर्देशन दिनुभएको छ । वीरगञ्जमा देखिएको खानेपानी समस्या सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन गर्नुभएको हो ।

केहि समयदेखि महानगरमा देखिएको खानेपानीको बिकराल समस्यालाई समाधान गर्न महानगरमा अलपत्र अवस्थामा रहेको ओभरहेड खानेपानी ट्याँकी सञ्चालनमा ल्याउन उहाँले निर्देशन दिनुभएको हो । वीरगञ्ज महानगरभरि अहिले खानेपानीको हाहाकार मच्चिएकोमा त्यसलाई समाधान गर्नको लागि तीनै तहका सरकारले मिलेर काम गर्न सके मात्र समाधान हुने उहाँको भनाई थियो ।

सँघीय तथा प्रदेश सांसदलाई समेतलाई समेत आफुले पाएको सँसदीय बिकास कोषको बजेट खानेपानीमा लगानी गर्न मन्त्री यादवको आग्रह छ ।

उहाँले जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार भएकाले बिशेष गरि वडाध्यक्षहरुले आफनो वडामा खानेपानीको लागि पहल गर्नुपर्नेमा कुरामा जोड दिनुभयो । जनताको सबै कामहरु केन्द्रिय र प्रदेश सरकार मात्रै गर्ने नसक्ने बताउनु हुदैँ मन्त्री यादवले वीरगञ्ज महानगरपालिकासँग बजेट छ कि छैन भनि प्रश्न समेत गर्नुभएको थियो ।

जनताको सुबिधाको लागि तीनै तहका सरकारले एकआपसमा मिलेर काम गर्न सके मात्रै समस्यालाई छिटै समाधान गर्न सकिने यादवको भनाई थियो ।


सम्बन्धित समाचार