Logo

१९ साउन, सिम्रौनगढ । प्रसिद्ध एतिहासिक, पर्यटकिय एव धार्मिक स्थल बाराको सिम्रौनगढमा डढेका चामलको भण्डार फेला परेको छ । आज सिम्रौनफढ बजारदेखि अमरपुर सडक निर्माण गर्ने क्रममा डोजरले पाँच फिट तल डढेका चामलको भण्डार फेला परेको हो ।

सिम्रौनगढ ६ मा करिब एक कठ्ठा क्षेत्रफलमा सो डढेका चामल को सतह फेला परेको हो । सन् १३५० ईस्वीमा दिल्लीका बादसाह ग्यासुदिन तुग्लक बङ्गालमा आक्रमण गरि फिर्ता हुने समयमा सिम्रौनगढमा आक्रमण गरि त्यहाका मुर्तीहरु तोडफोड गरेका थिए । सोहीक्रममा आगो लगाई संरचनाहरु ध्वस्त पारेका थिए ।

अहिले भेटिएको चामलको भण्डार सोही बेलाको रहेको ईतिहास बिदहरुले बताएका छन् । सात वर्ष पहिले सो क्षेत्रमा प्रशस्त मात्रामा डढेका चामल पाइने गरेको भएपनि स्थानियवासीले अहिले त्यहाँ खेत बनाई सकेका छन् । चामल भेटिएको स्थानको संरक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।


सम्बन्धित समाचार