Logo

१९ साउन, वीरगञ्ज । संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले उधोग कलकारखना चलाउने भन्दा पनि वातावरण बनाउनेमा ध्यान दिनु पर्ने बताउनुभएको छ । आज वीरगंजमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वीरगंज चीनी कारखाना कहिले संचालन हुन्छ भन्ने संचारकर्मीको जिज्ञासामा मंन्त्री महतले यस्तो बताउनुभएको हो ।

सरकारले संचालन गरिरहेको हेटौडा सिमेन्ट, उदयपुर सिमेन्ट उधोगको अवस्था राम्रो नभएको हेटौडाको कपडा उधोग पनि बन्द रहेको चर्चा गर्दै मंत्री महतले चीनीमिल संचालनको बिषयमा “मेरो फरक धारणा छ भन्दै सरकारले चीनी मिल नचलाउने धारणा राख्नुभएको हो ।” उहाँले हचुवाको भरमा सञ्चालन हुन्छ भनेर आफूले नभन्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई ब्यवस्थापकीय जिम्मेवारी दिएर संचालन हुने सक्ने कुराको अध्ययन अनुसन्धान आवश्यक रहेको जानकारी दिनुभयो ।

‘निजी चिनी मिलहरु नै राम्रोसँग सञ्चालन हुन नसकिरहेको अवस्थामा सरकारी मिल चल्छ भन्ने मलाई लाग्दैन उहाँको भनाई थियो ।’ सरकारले सुशासन दिने, पारदर्शीतालाई सुनिश्चितता गर्ने, विकास निर्माणलाई तिव्रता दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कुरा नै सरकारको प्रथामिकता रहेको बताएका मन्त्री महतलाई सुन प्रकरणमा किटान भएका नेताहरुको गिरफ्तारी किन भएन भनेर पत्रकारले सोध्दा मन्त्री महतले अनुसन्धान भइरहेको बताउनुभएको थियो ।

सुन पक्राउमा आफु र मन्त्रालयको बचाउ गर्दै सरकारकै संरचनाले सुन समातेको भन्दै छानविनका लागि भइरहेको मागमा सरकारी संयन्त्रले नै अनुसन्धान गर्दै गरेको बताएर पंन्छिनुभएको थियो । तपाईको मंत्रालयले सुन समात्न सकेन नी भनेर संचारकर्मीले प्रश्न गर्दा मन्त्री महत आक्रोशित हुनुभएको थियो । उहाँले सुन जसले समाते पनि सरकारको संरचनाले समातेको भन्दै आफनो बचाउ गर्नुभयो ।


सम्बन्धित समाचार