Logo

२० साउन,वीरगञ्ज । आन्दोलनरत गौर हत्याकाण्डका पीडित संघर्ष समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डालाई भेट गरेका छन् । विगत एकहप्तादेखि निरन्तर आन्दोलन गर्दै आएका संघर्ष समितिलाई हिजो प्रधानमन्त्री कार्यालयले पत्राचार गरेर वार्ताका लागि आह्वान गरेको थियो ।

संघर्ष समितिसँग आज बिहान ८ बजे बलुवाटारमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नु भएको छ ।पीडित संघर्ष समितिको माग सम्बोधन गर्न प्रधानमन्त्रीले छिटै गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति साथ अगाड़ी बढ़ने कुरा भएको आम विद्यार्थी मोर्चाका इन्चार्ज युवा नेता उमेश कुश्वाहाले जानकारी दिनुभयो ।

१७ बर्षअघि तत्कालिन माओवादी र मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच झडप हुँदा माओवादीका कार्यकर्ताहरु मारिएका थिए । सोही घटनामा मारिएका आफन्तहरुले दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ ।


सम्बन्धित समाचार