Logo

२० साउन,वीरगञ्ज । मधेस प्रदेशमा देखिएको सुख्खाको समस्याबारे सरोकारवालाबीच छलफल गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारी, सिँचाइ, खानेपानी, कृषि मन्त्रालयका पदाधिकारीहरूसँग प्रदेशको खडेरी एवं पिउने पानीको समस्या र समाधानबारे छलफल गर्नुभएको हो ।

छलफलमा प्रमुख जिल्ला अधिकारीहरूले यसपटक ५० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको र रोपाइँ भएका ठाउँमा समेत सुक्न लागेको भन्दै संघीय सरकारसँग समन्वय गर्न सुझाव दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारीहरूले चुरे संरक्षण, नहरहरुको निर्माण, पुरिएका पुराना पोखरीहरुको उत्खनन गर्न आवश्यक रहेको बताएका थिए । उनीहरुले हिउँदे बालीको लागि जोड दिनुपर्ने समेत सुझाव दिनुभएको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डीआइजी जनक भट्टराईले आफूहरु विपद्को तयारीमा जुटेपनि यसपटक सुख्खा र पिउने पानीको समस्या आएको जानकारी दिनुभयो । उहाँले यसको निराकरण नगरेमा भयावह समस्या आउन सक्ने उल्लेख गर्नुभयो ।

 


सम्बन्धित समाचार