Logo

२० साउन, वीरगञ्ज । पर्सा जिल्लामा लिभिङ टुगेदरमा बसेका किशोर किशोरीहरुबिच सम्बन्ध बिग्रिएपछि किशोरीले किशोर (केटा)का विरुद्ध बलात्कारको मुद्दा दर्ता गराउनेको सख्या बढन थालेको छ । मन मिले सम्म सम्वन्ध र विग्रीएपछि बलत्कार हुने कानूनी व्यवस्थामा टेकेर बलत्कार सम्वन्धि उजुरी आउने गरेको पर्सा प्रहरीको भनाई छ ।

गाँउघरमा विवाहको उमेर नपुगी किशोर किशोरी भागेर विवाह गर्ने र सो पश्चात किशोरीका अभिभावकले प्रहरीमा जर्वजस्ती करणीको मुद्धा दर्ता गराउने गरेकोे पर्साका प्रहरी उपरिक्षक कोमल शाहले बताए । पर्सामा दर्ता भएका अधिकांश बलत्कारका घटनामा किशोरीले उमेर नपुगेका केटाहरुको विरुद्ध उजुरी दिने गरेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यलय पर्सामा दर्ता हुने गम्भिर प्रकृतिका आपराधिक घटनाका उजुरीको सङख्यामा वृद्धि भएको छ । कार्यलयमा अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा गत आर्थिक वर्ष ०७९/८० मा बलात्कार, हत्या लगायत गम्भिर प्रकृतिका अपराधका घटना दर्ताका लागि आउने क्रम बढेको हो ।

जिल्ला प्रहरी कार्यलय पर्साले गत आर्थिक वर्ष ०७९/०८० को वाािर्षक प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।

पर्सामा अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणी, कर्तव्य ज्यान, जबरजस्ती करणी उद्योग, बाल यौन दुव्र्यवहार तथा मानव बेचबिखनको ७४ वटा मुद्दा दर्ता भएको थियो । तर गत आवमा भने यो सङख्या बढेर ७८ पुगेको विवरणमा उल्लेख छ ।

पर्साका प्रहरी उपरीक्षक एसपी कोमल बिक्रम शाहले गत आर्थिक वर्षमा सबैभन्दा बढि जबरजस्ती करणीको उजुरी उजुरी कार्यलयमा दर्ता भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त समयमा कार्यलयमा ४९ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ३७ वटा मुद्दाको फच्र्छौट गरिएको र बाँकी १२ वटा मुद्दामा अनुसन्धान गर्न बाँकी छन् । अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा कार्यलयमा जबरजस्ती करणीका ३८ उजुरी दर्ता भएका थिए । जसमा ३४ वटा मुद्दा फच्र्छौट गरिएको छ ।

यस्तै कार्यलयमा गत आर्थिक वर्षमा जबरजस्ती करणी उद्योग ५ वटा मुद्दा दर्ता भएको छ । सोही अवधिमा ज्यान सम्बन्धि कसूर ९कर्तव्य ज्यान० मा १६ वटा उजुरी परेकोमा १५ वटा माथि फच्यौट गरिएको प्रहरी उपरिक्षक शाहले जानकारी दिनुभयो ।

त्यस्तै पर्सा प्रहरीमा गत आवमा बाल यौन दुरुपयोग ४ र मानव बेचबिखन सम्बन्धि ४ उजुरी परेको कार्यलयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
पर्सामा जबरजस्ती करणीका उजुरीहरुको दर्ता हुने क्रममा बढ्नुको प्रमुख कारण कम उमेरको विवाह रहेको प्रहरी उपरिक्षक शाहले जानकारी दिनुभयो ।

नागरिकहरुमा प्रहरीप्रतिको विश्वास, चेतनामा वृद्धि जस्ता कारणहरुले पनि बलात्कारको मुद्दा पर्सा प्रहरीमा बढ्दो रहेको बताउनुभयो ।


सम्बन्धित समाचार