Logo

२० साउन,वीरगञ्ज । पर्साको पर्सागढि नगरपालिका वडा नं. १ र ९ अन्तर्गत पर्ने मनवा बजारमा बजार सरसफाइ अभियान सुरु भएको छ । मनवा बजार ब्यवस्थापन समितीको आयोजनामा बजारलाई सुन्दर सफा राख्नको लागि आजदेखि मनवा बजारको सरसफाइ गरि अभियान सुरु गरिएको हो ।

बजार ब्यवस्थापन समितिका अध्यक्ष जगत सहनीको अध्यक्षतामा सुरु भएको सरसफाइ अभियान कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष राजकपुर खवास, मनवा प्रहरी चौकीका ईन्चार्ज बिनोद मान सिंह, बडेर्वा माविका प्रअ चेतमन दास थारु, व्यापारी, समाजसेवी, युवा लगायतको उपस्थिति थियो ।

सरसफाइ अभियान सफल बनाउन श्रेष्ठ ट्राभल्स कोईलाभार, मनवा पब्लिक स्कुल र वडा न. १ र ९ को कार्यालयले संयुक्त रुपमा ‘फोहोर मलाई’ राख्ने करिब चार दर्जन ड्रम सहयोग गरेको र हरेक शनिबार बजार सरसफाइ अभियान चलाईने बजार समितीले जनाएको छ । मनवा बजारमा साताको दुई दिन मङ्गलबार र शुक्रवार हाट बजार लाग्ने गर्दछ ।


सम्बन्धित समाचार