Logo

२१ साउन,वीरगञ्ज । खानेपानी संस्थान वीरगञ्ज शाखाले आज विभिन्न स्थानमा सरकारी धाराको अनुगमन गरेको छ । खानेपानीको हाहाकारको समयमा खानेपानी संस्थानद्वारा आपूर्ति गरिएको पाईपहरुबाट अनाधिकृत रुपमा धारा जडान गर्ने कार्य रोक्नका लागि अनुगमनलाई तीब्रता दिइएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख इञ्जिनियर निरन महर्जनले जानकारी दिनुभयो ।

आज वीरगञ्जको छप्कैया क्षेत्रको डाक्टर कोलोनी, रानीघाट लगायतका क्षेत्रमा खानेपानी धाराको अनुगमन गरेको हो । अनुगमनका क्रममा रानीघाट क्षेत्रमा चारवटा धारा अनाधिकृत रुपमा जडान गरिएको पाईएको संस्थानका शाखा प्रमुख इञ्जिनिर महर्जनले बताउनुभयो ।

खानेपानीको चरम संकटबाट गुज्रिरहेको वीरगञ्जमा सरकारी धाराहरुबाट सहजरुपमा खानेपानीको वितरण गर्न समेत चुनौती रहेको अवस्थामा जथाभावी चोरी गरेर धारा जडान गर्नेहरुलाई कडा कारवाही गरिने पनि उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार