२१ साउन,वीरगञ्ज । मधेस प्रदेशका ८ वटै जिल्लाबाट प्रतिबन्धित लागूऔषध सहित १ हजार ३ सय ४ जना पक्राउ परेका छन्। ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको वार्षिक तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७९÷८० को एक वर्षको अवधिमा १ हजार २ सय ७० पुरुष र ३४ जना महिला गरि जम्मा एक हजार ३ सय ४ जना पक्राउ परेका हुन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले प्रहरीले एक वर्षको अवधिमा गाँजा ५ क्विन्टल ६८५।९४१ ग्राम, ब्राउन सुगर ४५५ ग्राम ९७८ मिलिग्राम, चरेस १५४ केजी ८१८ ग्राम ४३७ मिलिग्राम, हिरोइन ७१४ ग्राम ८८३ मिलिग्राम बरामद गरेको जानकारी दिनुभयो ।
यस्तै, डाइलेक्स डिसी ५ हजार १९ लिटर, ट्याब्लेट ६७ हजार ६२३ पिस र इन्जेक्सन ६५ हजार ३५६ पिस बरामद गरिएको उहाँको भनाइ छ ।