Logo

२१ साउन,वीरगञ्ज । गौर हत्या काण्डका दोषीहरुलाई पक्राउ गरि कारबाही र पिडितहरुलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पनि ज्ञापनपत्र बुझाइएको छ । वीरगन्ज अगुवा नागरिक समाजले आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर साथै सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएको हो ।

रौतहटको गौरस्थित राइसमिल प्रांगणमा २०६३ साल चैत गते तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी बिच झडप हुदाँ माओवादीका २८ जना कार्यकर्ता मारिएका थिए । उक्त घटना गौर हत्या काण्डका नामले प्रचलित छ ।

उक्त हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दापनि त्यसमा संलग्नहरुलाई अझैसम्म कारबाही गर्नुका सट्टा राज्यले नै संरक्षण गरेर राखेकोले गौर हत्या काण्डका दोषीहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न र घटनामा मारिएकाहरुको परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन माग गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको ज्ञापनपत्र बुझाउन गएको टोलीका अगुवा बाबुराम कौशीकले बताए ।


सम्बन्धित समाचार