Logo

२२ साउन,भरतपुर । आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिन बन्द भएको छ । भरतपुर महानगरपालिकाको शैक्षिक महाशाखाले आईतबार एक सूचना सार्वजनिक गर्दै महानगरका २९ वटै वडाका सबै सामुदायिक र संस्थागत विद्यालयहरु सोमबार २२ गतेबाट २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ ।

आँखा पाक्ने रोगको संक्रमण बृद्धि हुँदै गएको र विद्यालयमा समेत संक्रमणको असर बढ्दै गएको पाईएको हुँदा विशेषज्ञको परामर्श समेतका आधारमा हिउँदे वा वर्षे विदाबाट मिलान गर्ने गरी विदा दिईएको सूचनामा जनाईएको छ ।

महानगरले सामुदायिक तथा संस्थागत विद्यालयहरु, प्रारम्भिक बाल शिक्षक, बाल विकास केन्द्र, मन्टेश्वरी, किण्डर गार्डेन बन्द रहने सूचनामा उल्लेख गरेको छ ।

dd


सम्बन्धित समाचार