Logo

२२साउन,वीरगञ्ज । अधिवक्ता भगवती पाण्डे शितललाई कारवाही गर्नुपर्ने माग गर्दै नेपाल मगर संघ र नेपाल तामाङ घेदुङले आज देशभर जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

यहि क्रममा नेपाल मगर संघ जिल्ला समिति पर्सा र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साले संयुक्त रुपमा आज जिल्ला प्रशासन कार्यालय पर्सामा संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल मगर संघका केन्द्रीय सल्लाहाकार कमल बहादुर पिठाकोटे मगर, जिल्ला अध्यक्ष रमेश थापा मगरको नेतृत्व र घेदुङका जिल्ला सचिव छेडुप लामाको नेतृत्वमा गएको दुवै संगठनले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा तामाङ र मगर समुदायलाई अपराधिकरण गर्ने गरि विवादास्पद अभिव्यक्ति दिने अभिवक्ता भगवती पाण्डेलाई कानून बमोजिमको कारवाही गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा आफ्नो माग राख्ने क्रममा अभियान्ताहरुलाई नियन्त्रणमा लिएर अनावश्यक बल प्रयोग गरी चरम यातना दिने प्रहरीलाई कारवाही गर्नुपर्ने र साउन ४ गते आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाईते भएका दर्जनौ अभियन्ताहरुलाई उपचार खर्च सहित उचित क्षतिपूर्तिको माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन जाने टोलीमा नेपाल तामाङ घेदुङ पर्साका उपाध्यक्ष बुद्धलाल लोप्चन, महानगर अध्यक्ष मनोज लामा, ठोरी गाउँपालिका अध्यक्ष जितु तामाङ, सागर लामा, नेपाल आदिवासी जनजाति महासंघका पर्सा अध्यक्ष सोम बहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार