Logo

२२साउन,काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्नो अडानबाट पछि नहटेपछि सोमबार बोलाइएको बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो।

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न समिति बनाउनुपर्ने माग गर्दै एमालेले गत साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ। संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको सक्रियतामा प्रधानमन्त्रीसहित प्रमुख ३ दलका शीर्ष नेताबीच आज सोमबार बिहानदेखि दुई चरणमा छलफल भए पनि कुनै ठोस सहमति हुन सकेन।

सहमति नभएपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको हो।एमालेकै अवरोधको कारण राष्ट्रियसभाको बैठक पनि २४ गतेसम्मका लागि स्थगित भइसकेको छ।


सम्बन्धित समाचार