Logo

२२साउन,वीरगञ्ज । भारतबाट भन्सार छलेर ल्याइएको गहुँसहित पर्सा प्रहरीले दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरबाट मे १ त ४८४८ र ना २ त ४५६८ नम्बरको गहुँ लोड रहेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गहुँको बजार मूल्य २४ लाख ५० हजार रुपैयाँ बराबर छ।

आवश्यक कारबाहीको लागि गहुँसहित ट्र्याक्टरलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएपी दीपक गिरीले जानकारी दिए।


सम्बन्धित समाचार